Odapalika - The Fourth Estate - चौथो अंग
सुरक्षण मुद्रण कोषका तत्कालीन सीईओ पौडेल सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले आइतबार पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका सिडिई नविन कुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन अधिकृत खड्क बहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीका सीईओ अकबर हुसेन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । 

सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै आयोगले उनीहरु विरुद्ध ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update