Odapalika - The Fourth Estate - चौथो अंग
मधेश प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, सरकारबाट बाहिरियो माओवादी केन्द्र

काठमाडौँ । मधेश प्रदेशका २ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका युवराज भट्टराई र भरत प्रसाद साहले राजीनामा बुझाएका हुन् । 

उनीहरुले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका थिए । जसमा भट्टराई उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री र साह वन तथा वातावरणमन्त्री थिए । 

दुई मन्त्रीले राजीनामा दिएसँगै माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका छन् । 

नेकपा माओवादी केन्द्रसँगै मधेश प्रदेश सरकारमा सहकारी नेकपा एमालेका मन्त्रीहरुले समेत राजीनामाको तयारी थालेका छन् । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै त्यसको असर प्रदेश सरकारमा पर्न सुरू भएको छ ।

notice-1715511957.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update