Odapalika - The Fourth Estate - चौथो अंग
उत्कृष्ट लयमा मीन, धनु, कन्या र कर्कट, अन्यको अवस्था कस्तो ? 

आजको पञ्चाङ्ग 

तिथिः षष्टी । नक्षत्रः पुनर्वसु । करणः कौलव । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१८ । सूर्यास्तः १८ः४४ । दिनमानः ३३ः३५ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

तपाईंको तर्क कामयावी हुनेछ । कामको प्रगति सुन्नु पर्नेछ । पराक्रम बढ्नेछ । यात्रा भने काममा अवरोध खडा हुनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

अप्रत्यासित नोक्सानी बेहोर्नु पर्नेछ । यात्राको अवसर मिल्नेछ । कुनै सामान गुम्ने सम्भावना बढी देखिन्छ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

काम बन्ने तथा पराक्रम बढ्नेछ देखिन्छ । कुनै महत्वपूर्ण अवसर मिल्नेछ । सबैको साथ रहनेछ । मन उत्साही हुनेछ ।  

कर्कट (हि हु हे हो डा डि डु डे डो)

तपाईको आयमा बृद्धि हुनेछ । कुटुम्बको भेटघाटले मन आनन्दित हुनेछ । स्वस्थ्यमा आएको समस्यामा सुधार हुनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे)

कार्यक्षेत्रबाट राम्रो सदभाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न सफल हुनुहुनेछ  । बन्धुवर्गबाट लाभ हुनेछ । 

कन्या (टो प पि पु ष ण ठ पे पो)

परिवारका साथ मनोरञ्जनमा दिन बित्नेछ । नयाँ कार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । भूमिको कार्यले फाइदा लिन सकिनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको कार्यको सिद्धिप्रप्तिको योग छ । विद्यामा सफल हुने देखिन्छ । तपाईंको भाग्यको ढोका खुल्नेछ । सन्तानको प्रगति सुन्न पाइनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

अचानक अप्रिय खबर सुन्नुपर्नेछ ।  मन चिन्तित हुनेछ । अत्याधिक खर्च हुने देखिन्छ । कामको जस पाउने सम्भावना छैन । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

जीवन साथीको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो साथ दिनेछ । धर्मप्रति मन जानेछ । पदोन्नति हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

मित्रसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइ मनमा आउनेछ । स्वास्थ्य बिग्रन सक्नेछ । खानपानमा विशेष ध्यान दिनुपर्नेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल हुनेछ ।  अरुले कामको सम्मान गर्नेछन् । भाग्यले साथ दिनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज कर्मको फल प्राप्त हुनेछ । शरीरमा स्पूmति बढ्नेछ । नयाँ ठाउँको यात्रा गर्नुहुनेछ । स्वास्थमा सुधार आउनेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update