Odapalika - The Fourth Estate - चौथो अंग
जेठका लागि १० वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति ?

काठमाडौँ । जेठ महिनाका लागि १० वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरुले जेठ महिनाका लागि पनि घटाएका हुन् । 

बैंकहरूले जेठका ब्याजदर ०.०७ प्रतिशत घटाएर व्यत्तिगततर्फ ७.०७ प्रतिशत र संस्थागततर्फ ५.८९ प्रतिशतमा बनाएका छन् ।

जेठका लागि १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ७ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । तीनवटा बैंकले जेठ महिनाका लागि ब्याजदर बढाउने भएका छन् ।

ब्याजदर स्थिर राख्ने बैंकमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टयान्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे बैंकले जेठमा ब्याजदर स्थिर राख्ने भएका छन् ।

ब्याजदर बढाउने बैंकमा ग्लोबल आइएमई, एनआईसी एशिया र प्रभु बैंक रहेका छन् ।

ब्याजदर घटाउने बैंकमा नबिल, प्राइम, एभरेष्ट, एनएमबि, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, नेपाल एसबिआई र सिटिजन्स बैंक रहेका छन् ।

जेठमा एनआनईसी एशिया र एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । दुवै बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.८ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।

सबैभन्दा थोरै ब्याजद नेपाल एसबिआई बैंकको रहेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.३९ प्रतिशत ब्याज दिने भएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update