Odapalika - The Fourth Estate - चौथो अंग
सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानसहित २ मन्त्रीको राजीनामा 

काठमाडौँ । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ । 

जसपाका तर्फबाट उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र राज्यमन्त्री दिपक कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् । 

अशोक राईको नेतृत्वमा ७ जना संघीय सांसदसहित पार्टी विभाजन भएलगत्तै वर्तमान सत्रा गठवन्धनले यादवलाइृ सरकारबाट बाहिरिन दबाब दिदै आएका थिए । 

जसपा नेतृत्वको मधेश प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिउलगत्तै यादवले संघीय सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update