Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वप्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्न काठमाडौंँ महानगरका मेयर बालेनको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (वालेन)शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । 

तत्कालीन केपी ओली नेतृत्वको सरकारले झापास्थित गिरीबन्धु चिया बगानको जग्गा साटफेर गर्न दिने निर्णय गरेर १० अर्ब भन्दा बढी राज्यको सम्पत्ति नोक्सान गर्न खोजेको भन्दै उनले सो प्रकरणमा ओलीलाई कारवाही हुनुपर्ने माग गरेका हुन् । 

सामाजिक सञ्जाल फेसवुकमार्फत उनले महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले जग्गा साटफेर गर्न दिने निर्णय बदर गरेको भन्दै अर्याललाई धन्यवाद पनि नदिएका छन् । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले झापास्थित गिरीबन्धु टि–इस्टेटअन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई बदर गरिसकेको छ । 

बालेनले जग्गा साटफेर गर्न नीतिगत निर्णय गर्ने तत्कालीन ओली सरकारमाथि कारावही गर्न वर्तमान सरकारलाई आग्रह गरेका हुन् । 

यस्तो छ बालेनको भनाइ

एउटा मान्छेको इमानदारीता ले के सम्म गर्न सक्छ भन्ने उदाहरण हो यो केस। झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ । 

अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ । यो जग्गा अहिले को अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ । अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले । जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ । 

देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल हाम्रो कानुनी सल्लाहकार ओम प्रकाश अर्याल सरलाई धेरै धेरै धन्यवाद । धन्न तपाइँ जस्तो कोहि हुनुहुन्छ र सरकारी सम्पत्ति बचेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update