Odapalika - The Fourth Estate - चौथो अंग
सिप्रदीले थोत्रा गाडी बेचेपछि काठमाडौँ महानगर रुष्ट, कालोसूचीमा पर्‍याे सिप्रदी 

काठमाडौँँ । काठमाडौँ महानगरपालिकाले नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले झुक्याएर थोत्रा गाडी बेचेको भन्दै सो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ । 

गाडी खरिद प्रक्रियामा भएको अनियमितताबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सिप्रदीले नयाँ मूल्य लिएर पुरानो गाडी बेचेको पाइएको भन्दै कालोसूचीमा राखेर कारवाहीको प्रक्रिया अघि वढाइएको बताए । 

महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार ६ वटा ट्रिपर खरिद गरेकामा २ वटामात्र नयाँ दिएर ४ वटा पुरानो दिइएको पाइएको हो । तर मूल्य भने नयाँ गाडीकै लिएका कारण कालोसूचीमा राखेर कारबाही अघि बढाउनु परेको हो । 

उनकाअनुसार महानगरको वातावरण विभागले ४१ लाख ३ हजार ९९९ रूपैयाका दरले गाडी खरिद गरेको थियो । कम्पनीले गल्ती गरेपछि महानगरले भुक्तानी रोकेको उनको भनाइ छ । 

२०८० माघ १७ मा कम्पनीले महानगरलाई गाडी हस्तान्तरण गरेको थियो । अधिकृत परियारका अनुसार  २०८० बैशाखमा खरिदका लागि बोलपत्र आह्वान भएको थियो । वातावरण विभागले गाडी आएपछि गरेको अध्यनयमा ६ वटामध्ये २ वटा मात्र नयाँ भएको भेटिएको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update