Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले पाशुपत क्षेत्रमा चलायो डोजर 

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको भण्डारखालमा डोजर चलाएको छ । शुक्रबार महानगरपालिकाले उक्त क्षेत्रमा नक्सा पास नभएको घरहरु भत्काएको हो । 

महानगरपालिकाले २४ घण्टाको लागि सूचना जारी गरेको थियो । २ घण्टा अगाडि नै सामानहरु हटाउँन सूचना दिएपछि शुक्रवारबाट डोजर चलाएको हो । 

उक्त क्षेत्रमा व्यापार गर्दै आएका स्थानीय सूर्यबहादुर कार्कीले यसरी डोजर चलाएर देशको विकास हुँदैन भन्दै महानगरपालिका प्रमुख बालेन शाहलाई चुनौती दिए । 

उनले यसरी डोजर चलाउनु गलत भएको भन्दै पशुपतिमा आउने पर्यटकको सेवा सुविधा खोसिने तर्क  गरे । उनले भने,‘म बालेन साहलाई चुनौतीदिन चाहन्छु यसरी प्रगति हुँदैन भत्काउने भनेपछि भूत सवार हुन्छ उहाँमाथि जस्तो लाग्छ ।  कतिपय ठाउँमा राम्रो काम गर्नुभएको छ । मन्दिरमा आउने मानिसलाई खाजा खुवाउने ठाउँ चाहिँदैन् ? उहाँको नजरमा राम्रो होला तर सय प्रतिशत ठीक छैन यसरी देशको विकास हुँदै हुँदैन ।’

यस्तै अर्की सटर सञ्चालिका संगीता कालाकोटीले महानगरले एकदमै छोटो समयमा नै घर भत्काएर आफूहरुको बिचल्लीमा परेको गुनासो गरिन् ।  ठेकेदारहरुले गरेको गल्तीको भागेदार आफू हुनु परेकोमा चिन्ता व्यक्त गरिन् । 

उनले भनिन्,  ‘ठेकदारले पैसा नबुझाएको र नक्सापास नभएको रहेछ हामीले ठेकेदारलाई पैसा तिरेको हो ठेकेदारले दिएनछ । हामीलाई कम्तिमा ७ दिनको समय दिएको भए सामानहरु सार्न सजिलो हुन्थो अब यो झरीमा कहाँ जानु के गर्नु गाह«ो भयो, नराम्रो लागिरहेको छ ।’ 
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update