Odapalika - The Fourth Estate - चौथो अंग
वडा सदस्यले कुटे प्रधानाध्यापक, आँखा र टाउकोमा चोट

काठमाडौँ । दाङमा वडा सदस्यले प्रधानाध्यापकमाथि कुटपिट गरेका छन् । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेतले सोमबार सिक्टा माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु खत्रीलाई कुटपिट गरेका हुन् । 

वडा सदस्य बस्नेतको कुटपिटबाट प्रधानाध्यापक खत्रीको आँखा, टाउँको र हातमा चोट लागेको छ । 

वडानम्बर ७ का अध्यक्ष पुष्कर वलीसँग सोमबार वडा कार्यालयमा छलफल गरिरहेका बेला वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक खत्रीले बताए । उनले सदरमुकाम घोराही गएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको बताए ।

वडा सदस्य बस्नेतले पनि प्रधानाध्यापकमाथि कुटपिट गरेको स्वीकार गरेका छन् । प्रधानाध्याक खत्रीले मुख छोडेपछि हात छोड्न बाध्य भएको उनले बताए । 

घटनाका प्रत्यक्षदर्शी राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले प्रधानाध्यापकमाथि वडा सदस्य बस्नेतले कुटपिट गरेर गलत गरेको बताए । 

प्रधानाध्यापकमाथि कुटपिट गरेका बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update