Odapalika - The Fourth Estate - चौथो अंग
मुगूमकार्माराेङ गाँउपालिकाका किसानलाई भेडासहित भेडापालन सामग्री वितरण

काठमाडौँ । पशुपालनलाई जिविकोपार्जनको आधार बनाएँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामग्रीहरु वितरण गरिएको छ । 

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले मुगुमकार्माराेङ गाँउपालिका–९ का छायँयल, पापु र चिमाथ गाउँका ६१ परिवार किसानलाई भेडा र भेडापालनका सामाग्री उपलब्ध गराएको हो । किसानलाई भेडापालनमा प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले कार्यालयले अनुदानमा सामाग्रीहरु वितरण गरेको जनाएको छ । 

कार्यालयले भेडापालन गर्दै आएका किसानले प्रतिव्यक्ति एक–एक वटाका दरले भेडा, रेन्कोट, भेडाको ऊन कोर्ने काँगियो, कैँची, सादा पाल, सोलर, भ्याड, टर्च, सिलिपिङ ब्याग बितरण गरेको हो । कार्यालयका प्रमुख भीमचन्द्र बुढाले जिल्लामा व्यवसायिक भेडापालनको सम्भावना रहेकाले त्यसलाई बढावा दिनका लागि समेत अनुदानको कार्यक्रम राखिएको बताए ।

स्थानीयले प्रतिपरिवार ५० वटासम्म भेडा पाल्दै आएका छन् । तर उपकरण खरिद गर्न आवश्यक रकम नहुँदा उनीहरुले त्यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update