Odapalika - The Fourth Estate - चौथो अंग
एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी (सूचीसहित)

काठमाडौँ । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । प्रधानमन्त्री तथाा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र तीर्थराज सिलुवालको गृह मन्त्रालय वा अन्तरगत, मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । 

गृह मन्त्रालयमा रहेका वेद प्रसाद खरेलको लुम्बिनस् प्रदेश कार्यालय, गृहकै बद्रीनाथ गैरेको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ । 

बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । कमलप्रसाद भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update