
काठमााडौँ । पुराना बामपन्थी नेता तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भोजराज ढुंगेलको निधन भएको छ ।
हृदयघातका कारण शुक्रवार राति उपचारका क्रममा उनको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उपचारका लागि बानेश्वर स्थित सिभिल अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकहरुले मृत घोषित गरेका हुन् ।
मृतक ढुंगेलका २ छोरी छन् । उनी कमलामाइ नगरपालिका–९ सिन्धुलीका स्थायी बासिन्दा हुन् । भक्तपुर बस्दै आएका ७३ वर्षीय ढुंगेलले ओखलढुंगावाट बामपन्थी राजनीति सुरु गरेका हुन् । उनी यसअघि मधेश प्रदेश कमिटी सदस्य थिए । उनको निधन प्रति दुःख व्यक्त गर्दै एमालेले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा गरेपछि अन्तिम संस्कार गरिने पार्टीका नेताहरुले बताएका छन् ।