Odapalika - The Fourth Estate - चौथो अंग
पहिचान भएका गरिब घरपरिवारको स्थानीय तहबाटै  निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ । सरकारले गरिब घरपरिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । 

संघीय संसद्को दुवै सदनको (संयुक्त बैठक) मा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । 

‘आगामी आर्थिक वर्षभित्र गरिब घर परिवार पहिचान कार्य सम्पन्न गरिनेछ । गरिब लक्षित कार्यक्रमहरु एकीकृतरुपमा सञ्चालन गरिनेछ । पहिचान भएका गरिबको स्थानीय तह मार्फत निःशुल्क बीमा गरिनेछ । गरिबीको रेखामुनी रहेका घरपरिवारका लागि विद्युतीय चुलो, टुवेल लगायतका सामग्रीहरु उपलब्ध गराइनेछ’, उनले गरेको सम्बोधनमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update