Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको क्षमता विकास गर्न कृषि दशकको घोषणा 

काठमाडौँ । सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनको ढाँचामा एकरूपता ल्याएर स्थानीय तहको क्षमता विकास गर्ने बताएको छ । 

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयन सम्बन्धी कानून शीघ्र निर्माण गरिने बताए ।

उनले संघीयता कार्यान्वयन अर्थतन्त्रको सुधार, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन र सामाजिक सेवामा सुधार र सरलीकरण, नागरिक मैत्री सेवा प्रदान र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताए ।

२०८१ देखि २०९१ सम्मको दशकलाई कृषि दशक घोषणा गरिएको छ । सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्ने गरी कृषिमा लगानी वढाउने भएको छ । आुनिक प्रविधिको प्रोत्साहन गरी बाँझो  जग्गाको सदुपयोग गर्ने सरकारको नीति छ । 

छरिएर रहेका कृषि भूमि एकीकरण गरी सामुहिक, करार खेती गर्ने, प्राङगारिक खेतीलाई प्रोत्साहन गर्नेजसता कृषिमैत्री कार्यक्रम ल्याउने सरकारको घोषणा छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update