Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी गाभ्न प्रोत्साहन, नियमन गर्न विशिष्टिकृत नियामक निकाय

काठमाडौँ । सरकारले बचत तथा ऋण सहकारी गाभ्न प्रोत्साहन गर्ने भएको छ । 

संघीय संसद्को दुवै सदनको (संयुक्त बैठक) मा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले सरकारले सहकारी क्षेत्रको अनियमितता नियन्त्रणका लागि विशिष्टकृत नियामक निकाय बनाउने उल्लेख गरेका हुन् ।

सहकारी संस्थालाई स्थापना उद्देश्यअनुरुप संचालन गरिने तथा वचत तथा ऋण सहकारीलाई एक आपसमा गाभ्न प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update