Odapalika - The Fourth Estate - चौथो अंग
अब शिक्षकले मासिक रुपमा तलब पाउने

काठमाडौँ । सरकारले अब शिक्षकलाई मासिक रुपमा पारिश्रमिक दिने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको (संयुक्त बैठक) बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । 

हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाइरहेका थिए । शिक्षक महासंघ लगायत विभिन्न शिक्षकका संघसंगठनहरुले विगत देखिनै शिक्षकलाई मासिक रुपमा तलब उपलव्ध गराउन माग गर्दै आएका थिए ।

चौमासिक रुपमा तलब पाइरहेका शिक्षकहरुले अब भने मासिक रुपमै तलब पाउने बाटो खुलेको हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update