Odapalika - The Fourth Estate - चौथो अंग
महिला स्वास्थ्य स्वयंसेविकाको बजेट काटियो, स्थानीय तहलाई थपियो दायित्व 

काठमाडौँ । संघीय सरकारले स्थानीय तहहरुमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दिदै आएको सुविधा कटौती गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ‘राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम’ अन्तरगत उपलव्ध गराइने बजेट कटौती गरेको हो । 

महाशाखाले स्वयंसेविकाका लागि यातायत खर्च, पोशाख खर्च, समीक्षा गोष्ठी संचालन खर्च र दिवस मनाउने प्रयोजनका लागि एकमुष्ठ बजेट स्थानीय तहमा उपलव्ध गराउँदै आएको थियो । 

तर बजेट अभाव देखाउँदै उसले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय समीक्षा गोष्ठी र राष्ट्रिय स्वयंसेविका दिवसका लागि उपलब्ध गराउने बजेट कटौती गरेको हो । 

महाशाखाका शाखा अधिकृत सौगात सम्बाहाङफेले बजेट कटौती भएको भन्दै कटौती भएका शीर्षकको बजेट स्थानीय तहबाटै उपलव्ध गराउने निर्णय भएको  बताए । 

लामो समयदेखि उपलव्ध गराउँदै आएको बजेट कटौती भएपछि अब स्वयंसेविकामाथि भइरहेको खर्चको भारसमेत स्थानीय सरकारमाथि पर्ने भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update