Odapalika - The Fourth Estate - चौथो अंग
कोशी र गण्डकी प्रदेशमा पानी पर्ने, अन्यत्र कस्तो छ मौसम ?  

काठमाडौँ । आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण बुधबार कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराईका भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update