Odapalika - The Fourth Estate - चौथो अंग
सामुदायिक विद्यालयका विद्यार्थीलाई एकै पोषाक

काठमाडौँ । बेसीशहर नगरपालिका १० बाँझाखेतमा रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक सहयोग गरिएको छ । वडा कार्यालयले वडा भित्र रहेका ११ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई एकै किसिमको विद्यालय पोषाक सहयोग गरेको हो ।

वडा कार्यालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको बालबालिका लक्षित बजेटबाट विद्यालय पोषाक खरिद गरि सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरेको थियो । वडा नं १० बाँझाखेतमा एक माध्यामिक विद्यालय र १० आधारभुत विद्यालय गरि ११ वटा सामुदायिक विद्यालय रहेका छन् । 

११ वटा सामुदायिक विद्यालयमा अध्ययनरत २ सय ५१ जना विद्यार्थीलाई विद्यालय पोषाक खरिद गरि वितरण गरिएको वडा अध्यक्ष गंगाबहादुर थापाले बताए । वडा कार्यालयले बालबालिका लक्षित बिनियोजन गरेको एक लाख ५० हजार रुपैयाँ बजेट बाट पोषाक खरिद गरिएको उनले बताए । 

school-dress-1-1715757340.jpg

विद्यालय पोषाक खरिदका जनजागृहती विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा जनजागृती माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक कुमार अधिकारी, लेखापाल सोमकुमारी गुरुङ रहेकी थिईन ।

सम्भवत लमजुङ जिल्लामा नै पहिलो पटक बेसीशहर १० ले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एकै किसिमको विद्यालय पोषाक उपलब्ध गराएको वडा अध्यक्ष थापाले बताए । उनले विकास बजेट सँगसँगै अव बालबालिकाका क्षेत्रमा, शिक्षाको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको औल्याए । 

जनाजागृती माध्यामिक विद्यालय खासुरबेसीमा मंगलबार एक कार्यक्रमका विच ११ वटै विद्यालयका प्रधानाध्यापकलाई विद्यालय पोषाक हस्तान्तरण गरिएको छ । जनजागृती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल विश्वकर्माको अध्यक्षतामा भएको कार्याक्रममा निमित्त वडा अध्यक्ष किमबहादुर गुरुङको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालय पोषाक हस्तान्तरण गरेका थिए । 

school-dress-2-1715757316.jpg

उक्त कार्यले सामुदायिक विद्यालयमा विद्यालय पोषाकमा एक रुपता आउने निनित्त वडा अध्यक्ष किमबहादुर गुरुङले बताए । उनले आर्थिक अवस्था न्युन भएका तथा जेहेन्दार विद्यार्थीलाई ठुलो टेवा पुग्ने बताए ।

यस्ता खाले कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सकिने, अभिभावकलाई स्थानिय सरका भएको अनुभुती दिलाउन सकिने जनजागृती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेसीशह नगरपालिकाका प्रवत्ता हिरालाल विश्वकर्माले बताए । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update