Odapalika - The Fourth Estate - चौथो अंग
वडाले दियो टोल सुधार समितिलाई विरामी बोक्ने स्ट्रेचरदेखि औषधीसम्म 

काठमाडौँ । बेसीशहर नगरपालिका वडा नं ९ को कार्यालयले मानव उद्धारका लागि विपतको सामाग्री वितरण गरेको छ । वडा नं ९ अन्तर्गत रहेका १० वटा टोल सुधार समितिलाई विपदको सामाग्री सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

टोल सुधार समितिलाई विरामी बोक्ने स्ट्रेचर र प्राथमिक उपचारका सामाग्री र औषधि वितरण गरिएको वडा अध्यक्ष खुशीजंग गुरुङले बताए । भौगोलीक हिसावले डाँडाकाँडा भएको भुगोल भएकाले पनि जुन सुकै बेला विपदका घटना घट्न सक्ने अवस्थालाई मध्यनजर गर्दै विपद सामाग्री खरिद गरि वितरण गरिएको उनको भनाई छ । 

वनपाखा, भिर, जंगलमा घाँस दाउरा गर्न जाँदा भिर र रुखबाट लडेर घाइते भएको बेला, सवारी, दुर्घटना हुँदा विरामीलाई सहज रुपमा उद्धार गर्न उक्त सामाग्रीले सहयोग गर्ने उनले बताए । वडाको सवै गाँउ टोलमामा सडक बाटो पुगेतापनि सहजै एम्बुलेन्स जान नसक्ने अवस्था रहेको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै टोल बस्तीमा राहतका लागि स्टेचर र औषधी वितरण गरीएको उनको भनाई छ ।

स्थानीय सरकार आइसकेपछि लमजुङका गाउँ—गाउँमा ग्रामीण सडकसँगै सवारी साधन पुगेको छ । गाउँ सम्म सवारी साधन पुगे पनि सडक स्तरबृद्धि नहुँदा एम्बुलेन्स लगायतका सवारीसाधन सहज रुपमा गाउँ सम्म पुग्न नसक्ने अवस्था रहेको वडा अध्यक्ष गुरुङले बताए । 

गाउँमा गाह्रो पर्दा स्वास्थ्य चौकीसम्म तत्काल पु¥याउन स्टेचरले विशेष सहयोग पु¥याउने वडाअध्यक्ष गुरुङले विश्वास लिएको छ । वडाले आर्थिक बर्ष २०८०÷०८१ को कार्यक्रम अन्र्तगत प्रत्येक टोललाई १० हजार बराबरको विपद् सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update