Odapalika - The Fourth Estate - चौथो अंग
निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको  उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

यसअघि जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update