Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय बायुको प्रभावले यी क्षेत्रमा पर्नेछ पानी 

काठमाडौँ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण आजजसका कारण कोशी र मधेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विकहानैबाट ठाउँठाउँको मौसममा बदलाव आएको छ । 

आज दिउँसो, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभाग सफा रहनेछ । 

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । 

कोशी  र  गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने छ ।

यसैगरी, राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।  यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update