Odapalika - The Fourth Estate - चौथो अंग
जात्रा मनाउन नगरपालिकाले दियो सार्वजनिक बिदा 

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले आज सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 

महालक्ष्मी नगरपालिकामा लाग्ने सातजाउँले जात्राको अनितम दिन बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

लुभुस्थित महालक्ष्मी मन्दिरमा लामो समय चल्ने यो जात्राको अन्तिम दिन सरकारी पूजा गर्ने चलन छ । जात्रा अवधिभर महालक्ष्मी र भैरबलाई बली दिने चलन छ । 

सातबटा गाउँबाट हरेक दिन जात्रा निकालिने भएकाले स्थानीय यसलाई सातगाउँले जात्रा पनि भन्छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update