Odapalika - The Fourth Estate - चौथो अंग
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै 

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभाको विश्वासको मत लिदैछन् । एमालेले विश्वासको मत दिने निर्णय गरेपछि उनले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । 

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधवार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका बताए ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  

सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । 

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादी पार्टीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सदस्य छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update