Odapalika - The Fourth Estate - चौथो अंग
६ वटा प्रदेशमा हाँडीघोप्टे वर्षा, उच्च सर्तकता अपनाउन आग्रह 

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज(आइबार) कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ । 

पछिल्लो २४ घण्टामा पोखरा, वीरेन्द्रनगर, काठमाडांैलगायत मधेश प्रदेशमा भारी वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिकै सरेकाले दिउँसोदेखि भोलिसम्म अझै धेरै पानी पर्ने अनुमान गरेको हो । 

हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर मौसम पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेश प्रदेशको एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ । 

राति देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमप्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । 

पछिल्लो २४ घण्टामा कास्कीमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ । कास्कीको पोखरामा मात्रै १२२ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि जनकपुरमा ७७ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । 

विरेन्द्रनगरमा ७५ दशमलव ८, काठमाडौमा ४९ दशमलव ९, ओखलढुंगामा ३६ दशमलव २ तथा नेपालगञ्जमा २७ दशमलव ३ मिलिमिटर वर्षा मापन गरिएको छ । 

उक्त क्षेत्र भएर बग्ने ठूला नदी तथा खोलामा जल सतह उच्च हुने हुँदा बाढी, पहिरो र डुवानबाट जोगिन महाशाखाले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update