Odapalika - The Fourth Estate - चौथो अंग
इच्छाकामनाको चेपाङ बस्तीमा घरघरमै खानेपानीका धारा

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा रहेका ५५ घर चेपाङ बस्तीमा खानेपानी पुगेको छ । ‘एक घर एक धारा’ अभियानअन्तर्गत वुधवार चेपाङ बस्तीमा जडान गरिएका धारा उद्घाटन गरिएको छ । 

खानेपानी आयोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा अब स्वच्छ पानी पुगेको बताए । 

अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै धारा जडान हुने भन्दै सबै वडामा यो अभियान सञ्चालन गरिरहेको बताए । 

यसअघि यो क्षेत्रका स्थानीय लामो वाटो तय गरेर डोकोमा पानी बोकेर गुजारा चलाउदै आएका थिए । गाउँपालिका, स्थानीय उपभोक्ता र वाइन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो ।

९० करोड लागतको आयोजना निर्धारित समयभन्दा अघिनै सम्पन्न भएको अध्यक्ष गुरुङले बताए । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो । 

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै अध्यक्ष गुरुङले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई गाउँपालिकाले चेपाङ समुदायको उत्थानका निम्ति सक्दो सहयोग गरिरहेको बताए ।

सात किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्याङ्कीबाट सोह्र घरपरिवारलाई लिफ्ट प्रविधिबाट पानी पु¥याइएको छ । यहाँ रहेका २३ घर परिवारका लागि शौचालय पनि निर्माण गरिएको छ । 

वडा नम्वर १ को चौकीडाँडा र वडा नम्बर ७ को दाहाखानी दुवै ठाउँमा लिफ्टिङ प्रविधिबाट खानेपानीको योजना कार्यान्वयनमा छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update