Odapalika - The Fourth Estate - चौथो अंग
गण्डकी प्रदेशका १६ कर्मचारी बढुवाका लागि सिफारिस, को को परे (सूचीसहित)

काठमाडौँ । स्थानीय प्रशासन सेवातर्फका १६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । 

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले एक सूचना जारी गर्दै विभिन्न सेवाका १६ जना कर्मचारी बढुवाका लागि सिफारिस गरिएको जनाएको हो । 

सूचनामा स्थानीय सेवा (गठनन तथा सञ्चालन) ऐन, २०७९ को दफा ४४ को प्रयोजनको लागि दफा ४३ बमोजिम बढुवाका लागि सूचना प्रकाशन भएको उल्लेख गरिएको छ । 

सूचना अनुसार स्थानीय प्रशासन सेवा, प्रशासन समूह, प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ४ गरी १६ जना कर्मचारी सातौँ तहमा बढुवाका लागि सिफारिस भएका हुन् ।

सूचि अनुसार मोतिराज पोखरेल, राजेन्द्र पौडेल, नुमनाथ पाध्या, काशीराज शर्मा, खुमलाल लामिछाने, प्रताप शर्मा, सन्तोष ढकाल, हरिहर पनेरु, ऋृषिराम शर्मा, ध्रुवलाल न्यौपाने, भेषबहादुर जि.टी, लाल प्रसाद न्यौपाने र आराम थापा मगर छन् ।

यस्तै प्रशासन सेवा, लेखा समूहमा मनि राना मगर, दिपेन्द्र अर्याल र विष्णुप्रसाद रेग्मी बढुवाका लागि सिफारिस भएका हुन् । 

बढुवा-1715836761.jpg

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update