Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुरसिमरा उपमहानगरपालिकालाई चाहियो विषय विज्ञ शिक्षक, कसरी दिने आवेदन ? 

काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिका बारालाई विषय विज्ञ शिक्षक आवश्यकता परेको छ । पालिकाले बुधबार एक सूचना जारी गर्दै विषय विज्ञमा सूचीकृत हुनका लागि आवेदन पेश गर्न आग्रह गरेको हो । 

पालिकाअन्तरगत सञ्चालित सामुदायिक विद्यालयहरुमा शिक्षक छनौट प्रयोजनका लागि विषयविज्ञको रुपमा सुचिकृत हुनका लागि इच्छुक शिक्षकहरुले वैशाख २० गतेभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुहुन अनुरोध छ’, पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

सूचना अनुसार विषय विज्ञका लागि आवेदनका साथमा स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, सम्बन्धित तह र विषयको एक सेट वस्तुगत तथा विषयगत प्रश्नपत्र (शिक्षक सेवा आयोग नियमावली संसोधन सहित), शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी र नियुक्तिपत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नुपर्नेछ । 

notice-1715837731.jpg

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update