Odapalika - The Fourth Estate - चौथो अंग
४ बजे बस्नेगरी सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो ।

सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको  सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गरेका थिए ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरोध गर्दै आएको छ ।

Capture_14-1715844039.jpg


 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update