Odapalika - The Fourth Estate - चौथो अंग
पोषणमैत्री स्थानीय तह घोषणाको बाटो खुल्यो, पुरा गर्नुपर्नेछ यी ३४ सूचक

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पोषणमैत्री पालिका घोषणा गर्न कानुनी बाटो खोलिदिएको छ । 

मन्त्रालयले ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० जारी गरेर कार्यान्वयनका लागि ७५३ वटै स्थानीय तहमा पठाएको छ । 

कुपोषण अन्त्य, मानव पुँजी निर्माण र समग्र आर्थिक सामाजिक विकास गर्ने दीर्घकालीन सोच पुरा गर्न मन्त्रालयले यो कार्यविधि बनाएको हो । 

स्थानीय सरकार संचालन ऐनको दफा ११ ले महिला तथा बालवालिकाको कुपोषण न्यूनिकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापनको जिम्मेवारी र अधिकार स्थानीय तहलाई दिएको छ । 

यही अधिकारको प्रयोग गरी कुपोषण न्यूनीकरणका लागि मन्त्रालयले कार्यविधि जारी गरेको हो । कार्यविधिमा पोषणमैत्री स्थानीय शासनका ७ वटा विषयक्षेत्रका १२ वटा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । 

कार्यविधिले ५ चरणका काम पुरा गरेपछि पोषणमैत्री स्थानीय तह घोषणा गर्न सकिने व्यवस्था गरेको छ । 

जसअनतरगत तयारी चरण, योजना तर्जुमाको चरण, कार्यान्वयनको चरण, अनुगमन–मूल्यांकन–प्रतिवेदनको चरण र पोषणमैत्री घोषणाको चरण छन् । 

कार्यविधि अनुसार कुनै एक पालिकाको कुनै एउटा वडालाई समेत पोषणमैत्री वडा घोषणा गर्न सकिने छ ।  तर वडा र पालिकाले यस्तो घोषणा गर्नुअघि विभिन्न ३४ वटा सूचकहरु भने पुरा गरेको हुनुपर्ने उल्लेख छ । 

यस्ता सूचक पुरा गरेपछि पालिकाले बनाएको समितिले गरेको सिफारिसका आधारमा सम्वन्धित पालिका र वडाले आफ्नो पालिका र वडालाई पोषणमैत्री पालिका घोषणा गर्न सक्नेछन् । 

यस्तो छ कार्यविधि 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update