Odapalika - The Fourth Estate - चौथो अंग
माओवादीका एक मन्त्रीको जागिर जाने पक्का, जनमतले पठाउने भो अनितादेबी 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जनमत पार्टी फेरि सहभागी  हुने भएको छ । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै दाहाल नेतृत्व सरकारबाट जनमत पार्टी चैतमा अलग भएको थियो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सम्भवत आज (आइतबार) नै जनमत पार्टीलाई सरकारमा सहभागी गराउने छन् । 

गत २७ असारमा  दाहालले जनमत पार्टीबाट एक जना नेतालाई सरकारमा सहभागी गराउने तयारी गरेका थिए । तर, सोही दिन बिहान दाहाल पत्नी सीताको निधन भएपछि मन्त्रिपरिषद् हेरफेरको कार्यक्रम धकेलिएको थियो । दाहालले जनमतकी अनिता देवी साहलाई सरकारमा सहभागी गराउने छन् । 

जनमत पार्टीले उनलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरिसकेको छ । दाहाल नेतृत्व सरकार अहिले नै २५ सदस्य भएकाले माओवादीबाट सरकारमा सहभागि एक मन्त्री बाहिरिने निकट स्रोतको दाबी छ । 

माओवादीका नेताहरुका अनुसार पर्यटन मन्त्री सुदन किँराती या संघीय मामला तथा सामान्य प्रशासन मन्त्र िअमनलाल मोदीमध्ये एकजनालाई सरकारबाट हटाउने प्रचण्डको तयारी छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update