Odapalika - The Fourth Estate - चौथो अंग
तपाईंको धन, यात्रा र स्वास्थ्यबारे के भन्छ ज्योतिषशास्त्र ?

आजको पञ्चाङ्ग 

तिथिः नवमी । नक्षत्रः पू.फा. । करणः तैतिल । चन्द्रराशिःः सिंह । सूर्योदयः ५ः१६ । सूर्यास्तः १८ः४५ । दिनमानः ३३ः४३ घडी । राहुकालः बिहान १०:३० देखि १२ः०० बजेसम्म ।

तपाईंको आज

मेष (चु चे चो ला लि लु ले लो अ)

आकस्मिक काम आईपर्नेछ । कामको प्रशंसा र सम्मान पाउनु हुनेछ । रमाइलो अनुभूति भइरहने छ । धार्मिक यात्रामा सफल भइनेछ । 

वृष राशि (इ उ ए ओ बा बि बु बे बो)

आजको दिन मध्यम हुनेछ । काममा सहयोग गर्ने बढी हुनेछन् । नयाँ मित्रको साथ पाइने छ । आर्थिक पक्ष सुदृढ रहनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह)

मान, सम्मान प्राप्त हुनेछ । नसोचेको काम बन्ने देखिन्छ । धनागमनको योग छ । हतारिएर गरेको काममा धोका हुनेछ । संयमताको आवश्यकता देखिन्छ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

काम विशेषले यात्रा हुनेछ । अचानक धनको क्षति बेहोर्नु पर्नेछ ।  । मानसिक तनाव कम हुनेछ । स्वास्थमा सामान्य समस्या हुनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे)

रोकिएको काम पूरा हुनेछ । तपाईँको कामको सम्मान हुनेछ । नयाँ योजनाहरु स्थापित हुनेछन् । आम्दानी हुने देखिन्छ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

आजको दिन उत्साहपूर्ण बन्नेछ । जे काम गर्नुहुन्छ त्यो पूरा हुने देखिन्छ । नसोचेको आम्दानी हुनेछ । भेटघाटको अवसर जुर्नेछ ।  

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन कर्मले साथ दिनेछ । यात्राबाट पनि लाभ उठाउनु हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ । आफन्तको पूर्ण साथ रहला ।

वृश्चिक  (तो ना नि नु ने नो या यि यु)

मान सम्मानले तपाईँको खुसीको सीमा रहनेछैन । हरेक कुरामा साथीहरुको साथ रहनेछ । सही ठाउँमा आवश्यक मात्र खर्च हुनेछ । नयाँ सामान वा वस्तु जोडिनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज अनुकूल समय रहेको छ । नयाँ सामान खरिद होला । पढाइतिर मन जानेछ । सन्तान सुख हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

शरीरमा कष्ट हुनेछ । तपाईँलाई दुःख दिनेहरु जुर्मुराउनेछन् । समस्या झेल्नुपर्नेछ । धैर्यताले काम गर्नुपर्ला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

परिवारको सहयोगले काम बन्नेछ । रमाइलो यात्रा उपलब्धिमय हुनेछ । आर्थिक सुख प्राप्त हुनेछ । आकस्मिक लाभ हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज मन उराठलाग्दो हुनेछ । नयाँ कामले झमेला दिनेछ । मानसिक थकान होला । स्वास्थमा समस्या देखिनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update