Odapalika - The Fourth Estate - चौथो अंग
कोशी बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौँ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले कोशी प्रदेशसहित देशका पहाडी भागमा हल्का वर्ष भइरहेको छ । 

ल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा पानी परिरहेको हो । 

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत बाँकी पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update