Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा विश्वासको मत लिने 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ जेठमा प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । 

प्रधानमन्त्री दाहालले  यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः विश्सवासको मत लिन लागेका हुन् । 

सरकारमा सहभागी जसपा नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२)  बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिउका थिए । 

यादव नेतृत्वको दल विभाजन भएलगत्तै प्रधानमन्त्रीले नै सरकार छाड्न दवाव दिएपछि उनी बाहिरिएका हुन् । 

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । 

माओवादी केन्द्रको नेतृत्वमा गठन भएको प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जसपा नेपालबाट फुटेको जसपालगायत दलको समर्थन छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update