Odapalika - The Fourth Estate - चौथो अंग
हुवासिन सिमेन्टले पायो चुनढुंगा उत्खनन‍्को अनुमति

काठमाडौँ । सरकारले हुवासिन सिमन्ट नारायणीलाई राष्ट्रिय वन क्षेत्रको भोगाधिका तथा चुनढुंगा उत्खनन गरी खानी सञ्चालनको स्वीकृति दिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली र चिनीयाँ व्यवसायीको संयुक्त लगानी रहेको हुवासिन सिमेन्टले धादिङको बेनिघार रोराङ गाउँपाालिकामा खानी सञ्चालनका लागि अनुमति दिएको हो । 

सिमेन्ट उद्योगले खानी सञ्चालनको अनुमति नपाउँदा हाल दमौली नुवाकोट लगायतमा स्थााननमा रहेका अन्य सिमेन्ट कम्पनीका खानीबाट चुनढुङ्गा खरिद गर्ने गरेको थियो । 

सरकारबाट चुनढुंगा उत्खनन तथा सञ्चालनको अनुमति पाएपछि सहज हुने हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरे बताउँछन् । 

हामीले अनुमति नपाउँदा अन्य सिमेन्ट उद्योगबाट चुनढुंगा खरिद गरेर खानी सञ्चालनन गर्नुपर्ने बाध्यता थियो । सरकारले हामीलाई अनुमति दिएसँगै कम्पनीको आफ्नै खानी सञ्चालनको बाटो खुल्यो । अब खानी सञ्चालनका लागि प्रक्रिया सुरु गछौँ’, उनले भने । 

उनले हुवासिन सिमेन्ट उद्योगले करिब ७ वर्ष अघि खानी विभागबाट हालसम्मकै ठूलो रकम भुक्तानी गरेर उक्त खानी सञ्चालनको अनुमति पाएको बताए । 

करिब ७ वर्ष अगाडी खानी विभागले गरेको बोलकबोमा हुवासिन सिमेन्टले ६५ करोड रुपैयाँमा खानी सञ्चालनको अनुमति पाएको थियो । १२ भन्दा बढी कम्पनीलाई पछि पार्दै हुवाासिन सिमेन्टले बोलकबोल मार्फत अनुमति पाएको थियो । कम्पनीले तिरेको रकम नै हालसम्मको उच्च थियो’, उनले भने । 

याे पनि:

ह्वासिन सिमेन्टले फेरेको बेनिघाट रोराङ गाउँपालिकाः निःशुल्क बिजुलीदेखि ३ सयलाई रोजगारी

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update