Odapalika - The Fourth Estate - चौथो अंग
सरकारी जग्गा व्यक्तिको नाममा नामसारी, मालपोत र नापी कार्यालयका प्रमुख सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा नापी कार्यालयका तत्कालीन प्रमुख सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले १५ बिगाह जग्गा फिल्डबुकमा जंगलभनी कायम भएको जग्गाको कित्ताकाट गरी मालपोत कार्यालय टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको भन्दै उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ । 

आयोगले आइतबार मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली, नायब सुब्बा अग्नी बहादुर शाही, नापी कार्यालयका तत्कालीन प्रमुख मान बहादुर चन्द, सर्भेक्षक दशरथ मण्डल, सेवाग्राही बिन्दा रावल, कमल बहादुर रावल, सुशिल राबल र बिमल बहादुर रावल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

साविक नारायणपुर ८ को कित्ता नम्बर ९०८ को जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाएको भन्दै बिन्दा रावल, कमल बहादुर रावल, सुशिल राबल र बिमल बहादुर रावल विरुद्ध मुद्दा दायर गरिएको हो । 

आठै जना विरुद्ध आयोगले २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको भन्दै बिगो तथा कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update