Odapalika - The Fourth Estate - चौथो अंग
वडाअध्यक्षले कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि...

काठमाडौँ । बाँके जिल्लाको नरैनापुर गाउँपालिकाका वडाअध्यक्षले कर्मचारीलाई ज्यान मार्ने धक्मी दिएका छन् । 

पालिकाको वडा नम्बर १ का वडाअध्यक्ष इसाक जोलाहाले आइतबार बिहान पालिकाको योजना शाखामा कार्यरत दुई जना कर्मचारीमाथि हातपात गर्दै ज्यान मार्ने धम्की दिएको कर्मचारीहरुले बताएका छन् । 

पालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष जोलाहा ले योजना शाखामा आफ्नो कुर्सीमा बसी काजकाग गर्दै गरेका इन्जिनियर प्रविन श्रेष्ठ र सगिर अहमद दर्जीलाई फोहर अपाच्य शब्द प्रयोग गरी गाली गलौज गरी कुटपिटको प्रयास गर्नुका साथै हातपात गरेको र तिमीहरुलाई ज्यान मारी जेल जान्छु भनी धम्की दिएको जनाएका छन् । 

‘वडाध्यक्ष जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिले यस प्रकारको अवाञ्छित एवम् गैर–कानूनी आचरण प्रदर्शन गरेका कारण कर्मचारीहरुको मनोवल खस्किनुका साथै ईज्जत मान प्रतिष्ठामा समेत गम्भीर आघात पर्न गएको छ’, कर्मचारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस प्रकारको क्रियाकलापले कर्मचारीहरुलाई कार्यालयमा काम गर्न भय एवम् त्रास उत्पन्न भई कानून विपरितका कार्य समेत गर्नैपर्ने बाध्यता सिर्जना भई कार्य सम्पादनमा गम्भीर समस्या आउने निश्चित छ ।’

उनीहरुले वडाअध्यक्षलाई कानूननी कारवाहीको प्रक्रिया अगाडी नबढ्दासम्म नरैनापुर गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्दको घोषणा समेत गरेका छन् । 

444500219_823292499941156_8594444130740620969_n-1716113188.jpg

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update