Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवा विधेयक पेश 

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा पेश गरेको छ । 

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पेश गरेका हुन् । 

प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेलगत्तै मुख्यमन्त्रीले सभामा पेश गरेका हुन् । 

विधेयकमा ९ वटा खण्डहरु छन् । लुम्बिनीले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्वनिध कानुन कार्यान्वयनमा आइसकेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update