Odapalika - The Fourth Estate - चौथो अंग
यी ४ प्रदेशमा दिनभर पानी पर्ने 

काठमाडाैँ । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी भागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज कोशी, मधेस, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा जारी छ ।

दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । 

पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागहरूका एक—दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update