Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभा चलाउन सभामुख सक्रिय, कार्यव्यवस्था बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् भवन बानेश्वरमा बिहान १० बजे बस्ने बैठकमा सभामुख घिमिरेले बैठक सञ्चालनका विषयमा छलफल गर्न लागेका हुन् । 

आजको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ । संसदीय समिति गठनका विषयमा सत्तापक्ष र विपक्षबीच सहमतिको प्रयास भएपनि सहमति हुन सकेको छैन ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update