Odapalika - The Fourth Estate - चौथो अंग
महिला प्रधानाध्यापकको नेतृत्वमा घोराहीका १४ विद्यालय 

दाङ । घोराही उपमहानगरपालिका भित्रका ९३ वटा सामुदायिक विद्यालय  छन् । जसमध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी  भने महिलाले पाएका छन् । 

घोराही–१ मुसोटखोलामा रहेको सरस्वती प्राथमिक विद्यालयमा  दानमाया केसी प्राध्यानाध्यापक छिन् । शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उनी २०७६ सालदेखि प्रधानअध्यापक छिन् । 

विद्यालयमा महिला प्रधानअध्यापक छ भन्ने थाहा नपाएकाले विद्यालयमा आएर हेडसर खै  भन्ने गरेको भन्दै उनी भन्छिन्, ‘अझै पनि महिला प्रअ हुन्छन् भन्ने धेरैलाई लाग्दैन ।’

उपमहानगरपालिका भए पनि भौगोलिक हिसाबले विकट रहेकाल विद्यालयमा भौतिक संरचना र खानेपानीको अभाव रहेको उनको भनाइ छ । बाढी आयो भने पहिरो खसेर अहिलेपनि विद्यालय पुग्ने बाटो बन्द हुन्छ ।

घोराही –१ को कर्मकोट प्राथमिक विद्यालयमा सुनिताकुमारी घर्तीले प्रअको भूमिका निर्वाह गर्दै आएकी छन् । शिशु कक्षादेखि ५ सम्म रहेको विद्यालयमा ६० विद्र्याी छन् । विद्यालयमा खानेपानीको सुविधा नभएकोले समस्या हुने गरेको उनको भनाइ छ । 

वसन्ता पौडेल सरस्वती माध्यामिक विद्यालयको प्रअ छिन् ।  प्राथमिक विद्यालय भैसाहीमा योगमाया अधिकारी, आधारभूत विद्यालय बाम्लामा टुककुमारी रावत, मदरसा दारुलहुदा अल्सफिदा आधारभूत विद्यालयमा ममता खत्री, प्राथमिक विद्यालय श्रीचौरमा यमुना केसी, नारायण प्राथमिक विद्यालय पश्चिम सेवारमा कर्मकुमारी चौधरी, रात्रि प्राथमिक विद्यालय शुक्रबारमा सुशीला पौडेल, रात्रि प्राथमिक विद्यालय बेलुवामा लक्ष्मी नकर्मी श्रेष्ठ, प्रावि सोरेठी रातामाटामा रुका घर्ती, सरस्वती प्राथमिक विद्यालय सुकाखोलामा माधवा पौडेलले प्रअको जिम्मेवारी सम्हालेका छन् । 

महिलाले सम्हालेका विद्यालय जिल्ला रहेका सामुदायिक विद्यालयभन्दा कम नभएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण पौडेल बताउँछन् । 

महिला प्रअ भएका विद्यालयमा आर्थिक पारदर्शिता, सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको उनको भनाइ छ । 

घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरी सामुदायिक विद्यालयमा महिलाको जिम्मेवारी प्रत्येक वर्ष बढाउँदै लगिने बताउँछन् ।  ‘सुरुमा सीमित महिला शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको थियो । उहाँहरूले राम्रो काम गरेको देखेर अहिले १४ जनालाई प्रअको जिम्मेवारी दिइएको छ,’ उनले भने ।

 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update