Odapalika - The Fourth Estate - चौथो अंग
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित 

काठमाडौँ । भौगोलिक रुपले विकट मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ । यससँगै  मुगु गतिको इन्टरनेट सेवामार्फत विश्वसमुदायसँग जोडिएको हो । 

सो सेवाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भर्चुअल माध्यमबाट उद्घाटन गरिन् । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच यसअघि ७५ जिल्लामा पुगेको थियो । 

आइतबार सरकारले कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना अन्तर्गत ७७ जिल्लामध्ये ७६ औँ जिल्लाका रुपमा मुगुमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा पु¥याउन टेलिकम सफल भएको हो ।

मन्त्री र्शमाले मुगुको सदरमुकाम गमगढीमा विस्तार हुन लागेको फाइबर इन्टरनेट सेवासँगै जिल्लामा ४ स्थानिय तह सम्म सेवा विस्तार गर्न सकिने समेत बताएकी छन ।

यस्तै, दैलेख जिल्लाको दुल्लु, कालिकोट र जुम्ला हुँदै मुगुको गमगढी सम्म अप्टिकल फाईबर ट्रान्समिसन लिंकको विस्तार कार्य अघि बढाइएकाले आगामी बर्षभित्र अप्टिकल फाईबर ट्रान्समिसन लिंकको सेवा समेत विस्तार हुनेछ । 

नेपाल टेलिकमले पुरानो प्रविधिको नेटवर्कलाई एफटिटिएचमापरिवर्तन गरी हाल उपलब्ध माइक्रो वेभ रेडियो लिंकको क्षमता बढाएर टेलिफोन र इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम मुगुका प्रमुख प्रेमराज आचार्यले बताएका छन् ।

यो सँगै मुगुका बासिन्दाले बार्षिक ७ हजार ९९९ रुपैयाँमा शुल्क तिरेर उच्च गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् । जिल्लामा इन्टरनेट सेवा पुगेपछि स्थानीय हर्षित भएका छन् । 

मुगुमा इन्टरनेट पुगेसँगै देशभर ७६ जिल्ला सूचना प्रविधिसँग विश्वभर जोडिएको छ । अब इन्टरनेटको पहुँच बाहिर रहेको एकमात्र जिल्ला हुम्लामा भने आउँदो आर्थिक वर्ष २०८१÷८२ मा एफटिटिएच सेवा पु¥याउने सरकारको योजना छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update