Odapalika - The Fourth Estate - चौथो अंग
विश्वासको मत दिन बसेको संसद बैठक स्थगित 

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि तय भएको प्रतिनिधिसभाको बैठक कांग्रेससहितका प्रतिपक्षी दलका अवरोधका कारण स्थगित भएको छ । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेसका सांसदहरु उठेपछि नियमित कार्यसुचीमा बैठक प्रवेश गर्न सकेन । 

कांग्रेसका सांसदहरुले वेल घेराउ गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update