Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिपक्षीको अवरोधबीच प्रधानमन्त्रीले मागे विश्वासको मत 

काठमाडौँं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरुको वेल घेराउ र विराधका बीच प्रधानमन्त्री प्ष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् । 

सभामुख देवराज घिमिरेले डाकेको आजको दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण विश्वासको मत मागेका हुन् । उनले सबै दललाई विश्वासको मत दिन आग्रह गरे । 

आग्रह गरिरहदा कांग्रेसका सांसदहरुले वेलमा उभिएर हो हल्ला गरिरहेका छन् । प्रचण्डले मागेको विश्वासको मतका लागि सभामुखले १ घन्टाको समय निर्धारण गरेका छन् । अहिले एमालेका सांसद विष्णु पौडेलले वोलिरहेका छन् । 


 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update