Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्डले पाए १५७ सांसदको विश्वास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५७ जना सांसदको मत पाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत पाएका हुन्।

मतदानमा सहभागी १५८ जना सांसदमध्येबाट प्रधानमन्त्री प्रचण्डले १५७ सांसदले पक्षमा मतदान गरेका थिए । 

विपक्षमा मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्ष विपक्ष दुवैतर्फ मत दिएनन्।

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । अवरोधकै बीचमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update