Odapalika - The Fourth Estate - चौथो अंग
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकलाई पक्राउ गरिएको भन्दै मेयर बालेन्द्र (बालेन) शाहले आक्रोस व्यक्त गरेका छन् । 

प्रहरीले फोहोर बोक्ने गाडीका ४ जना चालकलाई पक्राउ गरेपछि बालेनले सामाजिक संजाल फेसबुकमार्फत भ्रष्टाचारीलाई पक्रन नसक्ने सरकारले फोहोर बोक्ने गाडीका चालक समातेको भन्दै आक्रोस व्यक्त गरेका हुन् । 

उनले पक्राउ परेका चालकलाई ससम्मान रिहा नगरे सिंहदरवारदेखि दलका अफिस र नेताका घरसम्मका फोहोर नउठाउने घोषणा गरेका हुन् । 

उनले फोहोर नउठाएको भन्दै आउनेसँग भिड्न तयार रहेको सन्देश समेत दिएका छन् । 

उनले लेखेका छन् 

भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म ससम्मान चालकहरु रिहा हुन्न् सि.हदरवारलगायत सबै पार्टि कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update