Odapalika - The Fourth Estate - चौथो अंग
ढकारी गाउँपालिकाले ३ पटक बिज्ञापन गर्दापनि पाएन कर्मचारी 

अछाम । स्वदेशमै रोजगारी नपाएको भन्दै दैनिक विदेशिनेको संख्या बढिरहेको बेला अछामको ढकारी गाउँपालिकाले भने तेस्रो पटक विज्ञापन गर्दापनि जागिर खाने मान्छे पाउन सकेको छैन । 

सदरमुकामबाट ७० किलोमिटर दुरमिा रहेको ढकारी गाउँपालिकाले ढकारी आँखा जाँच केन्द्र स्थापना गरेर आँखा परीक्षण गर्ने पाँचो तहको नेत्र सहायक पदमा आवेदन मागेको ३ पटक भयो । तर अहिलेसम्म सो पदका लागि कसैको आवेदन नपरेको गाउँपालिकाका सूचना अधिकारी विक्रम बोहोराले बताए । 

गाउँपालिकाले स्थानीयको आँखा परीक्षणका लागि जाँच केन्द्र स्थापना गरेर नेत्र सहायक र चस्मा बनाउनसमेत जान्ने अर्का एकजना कार्यालय सहयोगी माग्दै तेस्रोपटक २६ साउनमा विज्ञापन आह्वान गरेको हो । 

पालिकाले आँखा सहायकका लागि तेस्रो पटक ३ दिनको म्याद दिएर आवेदन मागेको पनि २ दिन बितिसकेको छ । 

पालिकाका निमित्त प्रशासकीय अधिकृत टेक नारायण पोखरेलका अनुसार स्थानीय स्तरमा पालिकाले मागेको जनशक्ति छैनन् । पालिकाबाहिरबाट पनि आवश्यकताअनुसारको आवेदन पर्न नसकेको उनले बताए । 

‘अहिले बाहिर भएर ठ्याक्कै भन्न सकिन तर कसैको निवेदन नपरेका कारण सूचना प्रकाशित गर्नुपरेको हो,’  उनले भने । 

पालिकाले १८ वर्ष पुरा भइ ३५ वर्ष नकटेका नेपाली नागरिकलाई १ हजार दस्ुतर तिरेर निवेदन दिन भनेको थियो । पालिकाका अनुसार लिखित, प्रयोगात्मक र अन्तर्वार्ता विधिबाट नेत्र सहायकको छनौट गरिने कार्यविधि छ । 

dhakari-gaunpalika1691918440.jpg

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update