Odapalika - The Fourth Estate - चौथो अंग
कहाँ-कहाँ पर्दैछ आज पानी ?

काठमाडौँ । देशका कतिपय स्थानमा आजम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उसले कर्णाली, सुदूरपश्चिम, कोशी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना देखाएको छ ।

बिहान कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

आज राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update