Odapalika - The Fourth Estate - चौथो अंग
आचार्यको आइडियाले जित्यो प्रतिभा डबली पुरस्कार, यस्ता थिए कर्मचारीका आइडिया 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको प्रतिभा डबली कार्यक्रम अन्तगरत उत्कृष्ट कर्मचारी छनौट भएका छन् । 

कर्मचारीका १० वटा आइडिया सर्टलिष्टमा पारेर प्रस्तुतिकरण गराएको मन्त्रालयले ३ वटा आइडियालाई उत्कृष्ट घोषणा गरेको हो । 

अन्तिम प्रस्तुतिकरणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत नशिव आचार्यको एकीकृत कागजसहित सवारी जरिमाना व्यवस्थापन प्रणाली सम्वनिध आइडिया प्रथम भएको छ । 

त्यसैगरी त्यसैगरी नयाँ शहर आयोजना कार्यालयमा कार्यरत मोनिका महर्जनको भौतिक पूर्वाधार निर्माणका लागि एकीकृत समन्वय पोर्टलसम्वन्धि आइडिया दोस्रो भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत मनोज शाहको सरकारी अनलाइन मार्केट पोर्टल सम्वन्धि आइडिया तेस्रो भएको छ । 

मन्त्रालयले सोमबार अन्तिम प्रस्तुतिपछि बिजेता घोषणा गरेको हो ।  प्रतिभा डवली अन्तरगत छानिएका १० वटा आइडियालाई आइडिया स्टुडियोले ५ दिनको तयारी कक्षा लिएको थियो ।

मन्त्रालयले मागेको आइडियाबाट आन्तरिक मूल्यांकन पछि १० वटा आइडियालाई अन्तिम प्रस्ततिका लागि छानेको थियो । 

सर्ट लिष्टमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत मनोज शाहको सरकारी अनलाइन मार्केट पोर्टल सम्वन्धि आइडिया, गैडाकोट नगरपालिकामा कार्यरत शंकर कडेलको स्थानीय तहको पूर्वाधार परियोजनासम्वन्धि आइडिया थिए । 

त्यसैगरी नयाँ शहर आयोजना कार्यालयमा कार्यरत मोनिका महर्जनको एकीकृत समन्वय पोर्टल, भूमि व्यवस्थापन तालिम केन्द्रमा कार्यरत संजिव कुमार राउतको भूमि बैंकको आवश्यकता र योगदान सम्वन्धि आइडिया, श्रम मन्त्रालयमा कार्यरत विकास कुमार रजकको दैनिक रिपोर्टिङ र रेकर्ड व्यवस्थापन सम्वन्धि आइडिया, शिवलाल भुसालको सवारी साधनमा मितव्ययीता अपनाउने सम्वन्धि, विकास विकको फोहोरमैला व्यवस्थापन सम्वन्धि, तनोज दुलालको वातावरणीय अध्ययनलाई डिजिटलाइजेशन गर्ने सम्वन्धि र चन्दन प्रसाद दासको ट्रयाकिङ सम्वन्धि सार्वजनिक सेवा प्रणालीको आइडिया थिए । 

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update