Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेसका सांसदको अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका बीच सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधि सभाको बैठक सुचारु गरेका छन् । 

राष्ट्रपतिले जेठ १ गते संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा टेबल गरेका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्‍मा टेबल गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेका छन्। बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद बद्रि पाण्डेले बोलेसँगै कांग्रेसले नाराबाजी गरेको हो।

सहकारीको रकम अपचलन तथा ठगीमा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ। 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update